आधा वाक्य तिमी भन, आधा म लेखुला।

Wednesday, April 11, 2018 0 Comments A+ a-

आज यो बन्जर माटोमा टुसा पलायो


क्षितिजले पनि इन्द्रेणी बीच सँसार सजायो


यो मरुभुमीमा बादल बनी झरीरहनु


मनको रित्तो पानामा रातो मसी कोरीरहनु


तिमी जरा बन म हाँगा बनुला


बेजोड़ मौसममा नी सँगै फुलौला


तिमी सोच बन म शब्द बनुला


सँगै मिली निराकारको आकार कोरौला


आधा वाक्य तिमी भन, आधा म लेखुला।


आवाश कर्मा